फाइल फोटो
बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना बाँके र दुई जना बर्दियाका रहेका छन ।
जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, बासगढी नगरपालिका ८, बर्दियाका ३९ बर्षिय पुरुषको गएराती १२:४५ बजे भेरी अस्पताल नेपालगन्जमा र ठाकुरबाबा नगरपालिका २, बर्दियाकै ५५ बर्षिय पुरुषको आज बिहान ५:३० बजे सोही अस्पतालमै मृत्यु भएको छ ।
त्यसैगरी, बैजनाथ गाउँपालिका ३, बाँकेकी ३३ बर्षिया महिलाको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गएराती ११:२५ बजे र नेपालगन्ज उपमहानगरपालिका १, बाँकेकी ४५ बर्षिया महिलाको युनाइटेड अस्पताल नेपालगन्जमा आज बिहान ६:०५ मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६१५ पुगेको छ । जसमध्ये, ३०२ जना बाँकेका हुन ३१३ जना बाहिरी जिल्लाका हुन ।
२३ जेष्ठ २०७८, आईतवार ०७:४६ प्रकाशित