पछिल्लो २४ घण्टामा बाँकेमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ३ वटा प्रयोगशालामा भएको ३३६ नमुना परीक्षणमा ११५ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये बाँके जिल्लाका ४३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्ला भित्रका ३ जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल ल्यावमा १७८ नमुना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा १०२ नमुना परीक्षण भएकोमा १० जनामा र बागेश्वरी ल्यावमा ५६ नुमना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टाकै बीचमा बाँकेमा जिल्ला भित्रका ३ जना सहित ७ जनाको उपचारका क्रममा मृत्यु भएको छ । आज ७९ जनाले कोरोना मुक्त भएर डिस्चार्ज पाएका छन् । बाँकेमा ४१५ जना सक्रिय संक्रमित संक्रमणबाट मुक्तिको प्रतिक्षामा रहेका छन् ।
२२ जेष्ठ २०७८, शनिबार १७:३१ प्रकाशित