मुगुकी सुनाकलीले चर्चित फुटबलरहरुसँगै फुटबल खेलिन्
  • काँचुली खबर

मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनाकली’ले युरोपमा चर्चा मात्र रहेन, उनै सुनाकली अहिले स्पेन आईपुगेकी छन् ।

‘हाम्री सुनकली कस्ती छे, मेस्सी जस्ती छे’ भनेर चर्चा पाएकी सुनाकली फुटबलका लागि सपनाको देश मानिने स्पेनसम्म आउँन सफल भएकी हुन् । ‘थिङ्किङ फुटबल फिल्म फेस्टिवल’ र एथलेटीक क्लब बिल्वाओको निमन्त्रणामा वृत्तचित्रका निर्देशक भोजराज भाट र सुनाकली बुढा स्पेन आएका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सोमबार उद्घाटन भएको फिल्म फेस्टिवलको एक भब्य समारोहबीच सुनाकली र निर्देशक भाट सम्मानित भएका छन्। ‘सुनाकली’ स्पेन आए पछि उनको अन्तराष्ट्रिय स्तरमा झनै उचाई बढेको छ । स्पेन बिल्बाओको एक लोकप्रिय पत्रिका ‘डइया’ले सुनाकलीको लामो कभरेज समेत प्रकाशित गरेको छ।

सुनाकलीको खेलाडीहरुसँग भेट, महिला टिमसँग फुटबल खेलिन्

मुगुजस्तो विकट जिल्लामा हुर्केकी सुनाकली स्पेनमात्र आईनन्, यहाँको एक चर्चित फुटबल क्लबका खेलाडीहरु भेट गर्दै र महिला टिमसँगै फुटबल पनि खेलिन् । स्पेनको एथलेटिक बिल्बाओका खेलाडीहरुसँग उनले भेट गरेकी हुन् ।

ला-लिगा खेल्ने खेलाडीहरु ओस्कार डी माक्रोस, मिकेल ब्यालेनजियागा लगायतले उनलाई आफ्नो जर्सी उपहार दिएका थिए । नेपाली चेली सुनाकलीले बिल्बाओको महिला फुटबल टिमसँगै फुटबल पनि खेलिन् । क्लबले अफिसियल भिजिटको क्रममा तालिम गरिरहेको महिला टिमसँग यो अबसर सृजना भएको हो । मुगुमा हिउँका ढल्लासँगै फुटबल खेलेकी सुनाकलीले बिश्व प्रसिद्द फुटबल क्लबको एक सुन्दर खेल मैदानमा सँगै खेल्ने अबसर पाइन् ।

निर्देशक भाटले अहिलेसम्म वृतचित्रले थुप्रै अन्तराष्ट्रिय अवार्ड जितेको भन्दा पनि सुनाकलीलाई यहाँसम्म ल्याइपुर्याउँदा निकै खुशी लागेको बताए । उनले भने,” बिश्व प्रसिद्द क्लव र खेलाडीहरु माँझ मुगुकी चेलीलाई चिनाउँन पाउनु, मलाई मात्र हैन, यो नेपाल र नेपालीहरुलाई नै गर्व हो ।”

  • १२ असार २०७५, मंगलवार २१:५८ प्रकाशित
  • Nabintech