दिवंगत पिताको स्मृतीमा ‘कोरोना राहत कोष’लाई सहयोग
  • काँचुली खबर

बाँकेका युवा ब्यवसायी तथा राजनितिज्ञ पदम केसीले आफ्ना दिवंगत पिताको सम्झनामा खाद्यान्न सहयोग उपलब्ध गराएका छन । नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिद्धारा संचालित ‘कोरोना राहत कोष’लाई केसीले २५ बोरा चामल उपलब्ध गराएका हुन ।

कोहलपुर नगरपालिका ३ मदनचोकमा निवासी केसीले कोरोनाका कारण दैनिक जिवनयापनमा समस्या खेप्दै आएका बिपन्न नागरिकहरुलाई वितरण गर्ने गरी खाद्यान्न सहयोग उपलब्ध गराएको नेकपा माओवादी केन्द्र कोहलपुरका नेता नरेन्द्र न्यौपानले जानकारी दिए ।

कोहलपुर नगर क्षेत्रभित्र रहेका कोरोना संक्रमित र कोरोनाकै कारण ज्यान गुमाएका ब्यक्तिहरुको परिवार तथा विपन्न परिवारलाई राहत उपलब्ध गराउने उद्धेश्यले माओवादी नगर पार्टीले विगत एक सातादेखी राहत अभियान संचालन गर्दै आएको छ । ‘हुने खानेले हुदा खानेलाई’ भन्ने नाराका साथ सुरु गरिएको राहत संकलन तथा बितरण अभियानमा पार्टीका बिभिन्न वडा कमिटी तथा सुवेच्छुकहरुबाट सहयोग संकलन गर्ने क्रम जारी रहेको माओवादी केन्द्रले जनाएको छ ।

नेता न्यौपानेका अनुसार शुक्रबारसम्म कोहलपुर नगरक्षेत्रभित्रका बिपन्न समुदाय, कोरोनामा कारण ज्यान गुमाएका तथा संक्रमित ब्यक्ति, अपाङ्गता भएका, एकल तथा बिधवा महिला लगाएत ५ सय बढिलाई राहत स्वरुप चामल र दाल बितरण गरीएको छ ।

माओवादी केन्द्रले राहत बितरणका बाहेक कोहलपुर क्षेत्रमा कोरानाका कारण मृत्यु भएकाहरुको निस्शुल्क रुपमा शव व्यवस्थापन गर्दै आएको छ । साथै माओवादी केन्द्रले कोरोना पोजेटिभ भएकाहरुका घरघरमा पुगेर स्वाथ्य सल्लाह समेत दिने गरेको छ ।

कोरोनाबाट ज्यान गुमाएका र संक्रमितको परिवारलाई राहत बितरण

  • २१ जेष्ठ २०७८, शुक्रबार १७:२० प्रकाशित
  • Nabintech