जनता समाजवादी पार्टी (जसपा) आज सरकारमा सहभागी हुने भएको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार राति भएको छलफलमा ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तार र हेरफेर गर्ने सम्भावना छ ।
प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग त्यसबारे छलफल गर्दैछन् ।
जसपामा ठाकुर पक्षको केन्द्रीय कार्यकारिणीमा बहुमत नजुटेपछि सरकारमा सहभागी हुन ढिलाइ भएको थियो । अहिले ठाकुरको पक्षमा कार्यकारिणी र संसदीय दल दुवैमा उनी पक्षको बहुमत पुगिसकेको दाबी छ ।
जसपालाई ८ मन्त्रालय र दुई राज्यमन्त्री दिने सहमति भइसकेको छ ।
संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो ।
२१ जेष्ठ २०७८, शुक्रबार ११:२५ प्रकाशित