नेपाल पत्रकार महासंघ बाँके शाखाले संचालन गरेको ‘एम्बुलेन्स खरीद अभियान’मा सहयोग जुट्ने क्रम जारी छ । नयाँ नेतृत्व आएसँगै कोरोना महामारीलाई लक्षित गर्दै महासंघले एम्बुलेन्स सेवा संचालनमा ल्याउने निर्णय गरेको थियो । एम्बुलेन्स खरीदकालागि आवश्यक सहयोग गर्न महासंघले सार्वजनिक रुपमा आह्वान समेत गरेको थियो । सोही अभियान अन्तर्गत देश तथा विदेशबाट सहयोग रकम प्राप्त हुने क्रम बढेको पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए ।
महासंघको आह्वान अनुसार बिभिन्न निकाय, संघसंस्था तथा ब्यक्तिहरुले स्वतस्फुर्त रुपमा आर्थिक सहयोग उपलब्ध गराईरहेका छन । अभियानकालागि अमेरीकाबाट समेत आर्थिक सहयोग प्राप्त भएको भण्डारीले बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अमेरिकाको भर्जिनियामा बस्दै आएका जुली वली र प्रदिप जि.एम.को नेतृत्वमा अमेरिकाबाट २ लाख १९ हजार ७६८ रुपैया सहयोग प्राप्त भएको भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार नेपालगन्ज तेजनगर घर भई हाल अमेरीका बस्दै आएका वली र जिएमकै पहलमा अमेरीकामा भएका नेपालीहरुबाट संकलन गरीएको रकम महासंघको अभियानकालागि उपलब्ध गराईएको हो ।
कोरोना महामारीलाई मध्यनजर गर्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्ने उद्धेश्यले एम्बुलेन्स सेवा संचालन गर्ने तयारी भईरहेको एम्बुलेन्स खरीदकालागि गठित आर्थिक ब्यवस्थापन समितिका संयोजक तथा पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले जानकारी दिए । शर्माका अनुसार एम्बुलेन्स खरिदको प्रक्रिया अगाडी बढाईएको छ । एम्बुलेन्स खरिदपछि सञ्चालन र व्यवस्थापनको सम्पूर्ण काम महासंघ बाँके शाखाले नै गर्ने शर्माले जानकारी दिए ।
एम्बुलेन्स सञ्चालन गर्नेमा बाँके सम्भवतः मुलुककै पहिलो शाखा हुने दाबी गर्दै संयोजक शर्माले महासंघको पवित्र अभियानमा जोडिन सबैलाई आह्वान समेत गरेका छन ।
२० जेष्ठ २०७८, बिहीबार १९:३१ प्रकाशित