मृतक सदस्यका परिवारलाई सहयोग गर्ने वाणिज्य संघको निर्णय
  • काँचुली खबर

नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणका कारण ज्यान गुमाएका संघका साधारण सदस्यका परिवारलाई रु. ३१ हजार सहयोग गर्ने भएको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सहयोग दिने सम्बन्धी निर्णय गरेको महासचिब चिरञ्जीवी ओलीले जानकारी दिए ।

उक्त रकम थोरै भएपनि संघका तर्फबाट आफ्ना सदस्यहरुको घाउमा मल्हम हुने अपेक्षा गरिएको महासचिव ओलीले बताए । कोरोना संक्रमणका कारण नेपालगन्जका धेरै व्यवसायीहरुले ज्यान गुमाएका छन् । यसले व्यवसायीक क्षेत्रमा ठूलो क्षती भएको संघको निष्कर्ष छ ।

  • २० जेष्ठ २०७८, बिहीबार १८:०८ प्रकाशित
  • Nabintech