बर्दियाका दुईसहित थप ५ संक्रमितको मृत्युु
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ५ संक्रमितको हिजो बेलुका साढे ७ बजेदेखि आज बिहान साढे ८ बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका २, दाङका १, दैलेखका १ र सल्यानका १ जना रहेका छन ।

जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, बढैयाताल ४, बर्दियाका ३४ बर्षिय पुरुषको हिजो बेलुका ७:३० बजे भेरी अस्पताल नेपालगन्जमा, तुलसीपुर ६, दाङका ६५ बर्षिया महिलाको गएराती १०:२० बजे मेडिकल कलेज कोहलपुरमा र बढैयाताल ३, बर्दियाका ५५ बर्षिय पुरुषको गएराती ११:४० बजे भेरी अस्पतालमै मृत्यु भएको छ ।

त्यसैगरी, आठबिस ४, दैलेखका ३० बर्षिया महिलाको गएराती ११:५५ बजे भेरी अस्पताल नेपालगन्जमा र कालिमाटी १, सल्यानका ३७ बर्षिया महिलाको मृत्यु आज बिहान ८ बजे मेडिकल कलेज कोहलपुरमा मृत्युु भएको छ ।

योसँगै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९६ पुगेको छ । जसमध्ये, २९६ जना बाँकेका हुन भने, ३०० जना बाहिरी जिल्लाका हुन ।

  • २० जेष्ठ २०७८, बिहीबार ११:५२ प्रकाशित
  • Nabintech