नेकपा माओवादी केन्द्र कोहलपुरद्धारा संचालित ‘कोरोना राहत कोष’ मार्फत कोरोना संक्रमणबाट मृत्यु भएका तथा संक्रमितहरुको घरपरिवारलाई राहत बितरण गरिएको छ । कोहलपुर नगर क्षेत्रभित्र रहेका कोरोना संक्रमित र कोरोनाकै कारण ज्यान गुमाएका ब्यक्तिहरुको परिवारलाई घरमै पुगेर राहत बितरण गरिएको माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार बिपन्न समुदाय, कोरोनामा कारण ज्यान गुमाएका तथा साक्रमित ब्यक्ति, अपाङ्गता भएका, एकल तथा बिधवा महिलाहरुलाई माओवादी केन्द्रले राहत स्वरुप चामल र दाल बितरण गदै आएको नेता न्यौपानेले जानकारी दिए । बुधवार कोहलुर नगरपालिका वडा नं. १, २, ३, १४ र १५ का कोरोना सक्रमित, मृतकका आफन्त र बिपन्नलाई राहत बितरण गरिएको हो ।
न्यौपानेका अनुसार अभियान अन्तर्गत हालसम्म करिव ४ सय बोरा राहत संकलन भएको र सोहि मात्रामा बितरण समेत भईसकेको छ । ‘हुने खानेले हुदा खानेलाई’ भन्ने नाराका साथ सुरु गरिएको राहत संकलन तथा बितरण अभियानमा पार्टीका बिभिन्न वडा कमिटी तथा सुवेच्छुकहरुबाट सहयोग संकलन गर्ने क्रम जारी रहेको माओवादी केन्द्रले जनाएको छ ।
बुधवार राहत कोषमा अखिल नेपाल शिक्षक संगठनले ३० बोरा, बैजनाथ ४ का गौरव दहालले १० बोरा, कोहलपुरका व्यवसायी भुपराज भण्डारी, रमणी शर्मा र गंगाराम भण्डारीले आमा मेनुकला भण्डारीको स्मृतीमा १० बोरा, कोहलपुरका व्यवसायी शतिष शर्माले १० बोरा गरी झण्डै १ सय बोरा चामल राहत स्वरुप संकलन भएको नेता नरेन्द्र न्यौपानेले बताए । न्यौपानेले कोरोना महामारीका कारण चुलो बाल्न समस्या भएकाहरु खबर गर्न समेत आग्रह गरेका छन ।
माओवादी केन्द्रले राहत बितरणका बाहेक कोहलपुर क्षेत्रमा कोरानाका कारण मृत्यु भएकाहरुको नि:शुल्क रुपमा शव व्यवस्थापन गर्दै आएको छ । साथै माओवादी केन्द्रले कोरोना पोजेटिभ भएकाहरुका घरघरमा पुगेर स्वाथ्य सल्लाह समेत दिने गरेको छ ।
१९ जेष्ठ २०७८, बुधबार १८:३३ प्रकाशित