नयाँ बजेटले बाँकेलाई समेटेका कार्यक्रमहरु
  • काँचुली खबर

आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा समेटीएका बाँके जिल्लाका विभिन्न क्षेत्रमा सम्बन्धित कार्यक्रमहरु यस प्रकार रहेका छन ।

– बाल सुधार गृह निर्माण ।

– भेरी बबई डाइभर्सनबाट बाँके बर्दियाको थप १५ हजार  हेक्टर सिंचाइ ।

– बाँके सहित १३ जिल्लामा कार्वन उत्सर्जन न्यूनीकरण कार्यक्रम ।

– नौबस्ता औद्योगिक क्षेत्र २ बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने ।

– नेपालगन्जमा क्रिकेट मैदान निर्माण ।

– भेरी बबई आयोजनाबाट खानेपानी आपूर्तिको सम्भावना अध्ययन ।

– बिपदबाट विस्थापित परिवारका लागि पुनर्स्थापना कार्यक्रम ।

– खुल्ला कारागार निर्माण आगामी बर्षसम्म सम्पन्न ।

– नेपालगन्ज प्रादेशिक रंगशाला निर्माण ।

– नेपालगन्ज खानेपानी आयोजनाबाट आगामी बर्षमा पानी बितरण शुरु गरिने ।

– ढल प्रशोधन केन्द्र निर्माण ।

– कोहलपुर नेपालगन्ज बिद्युतिय बस सेवा संचालनमा प्रोत्साहन ।

– कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकालाई मेगा सिटी बिकास ।

– नेपालगन्ज विमानस्थलको टर्मिनल भवन निर्माण आरम्भ गरिने ।

– नेपालगन्ज भन्सार कार्यालयमा कन्टेनर स्क्यानर मेसिन, माल वस्तु तौलिने वइङ्ग मेसिन लगायतका आधुनिक उपकरण जोडिने ।

– एकीकृत जाँच चौकी निर्माण सम्पन्न गरी आगामी बर्षमा संचालन गर्ने ।

– राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी मातहतमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संचालन गरिने ।

– सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सहित ६ वटा क्यान्सर रोग उपचार अस्पताललाई १ अर्व २८ करोड रकम बिनियोजन ।

– सिक्टा सिंचाइ आयोजनाको पश्चिम् मूल नहरबाट थप २ हजार हेक्टर जमिन सिंचाइ गरिने । नहरको पुर्बी खण्ड मध्ये थप २० किलोमीटर नहर निर्माण गरिने । १२ किलोमीटर शाखा नहर निर्माण गरी ६ हजार हेक्टर जमिन सिंचाइ गरिने । जसका लागि १ अर्व ५६ करोड रकम विनियोजन ।

– मदरसालाई औपचारिक शिक्षा प्रणाली अन्तर्गत ल्याइने ।

– पुर्व-पश्चिम् राजमार्ग अन्तर्गत बाँकेमा पर्ने बुटवल – कोहलपुर र कोहलपुर – बनबासा खण्डलाई चार लेनमा बिस्तार गर्नका लागि बिस्तृत डिजाइन सम्पन्न गरी निर्माण कार्य थालनी गरिने ।

– कोहलपुर-सुर्खेत रत्न राजमार्गको चार लेन निर्माण ।

– राप्ती नदीको भालुबाङ्गबाट सिक्टासम्म जल यातायात संचालनको सम्भाव्यता अध्ययन गरिने ।

– कोहलपुर-लखनउ सहित देशका अन्य ३ स्थानका लागि प्रसारण लाइन निर्माणको तयारी कार्य गर्न ४ अर्व ७ करोड रकम विनियोजन ।

– सघन शहरी विकास कार्यक्रम अन्तर्गत नेपालगन्जमा शहरी पुर्वाधार आयोजना कार्यान्वयन गरिने ।

– राप्ती नदी नियन्त्रण कार्यक्रम ।

  • १९ जेष्ठ २०७८, बुधबार १४:२२ प्रकाशित
  • Nabintech