कोरोनाबाट बाँकेमा ७ को मृत्यु, २५ संक्रमित थप
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । जसमध्ये २ जना जिल्लाभित्रका र ५ जना बाहिरी जिल्लाका रहेका जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार मृतकमध्ये दुई/दुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पाका एक/एक गरी सात जना रहेका छन् ।

कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

यसैबिच पछिल्लो २४ घण्टामा जिल्लामा २५ नयाँ कोरोना संक्रमित थपिएका छन । बाँकेका तिन वटा प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाभित्रका २५ र जिल्ला बाहिरका ६८ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

  • १८ जेष्ठ २०७८, मंगलवार १७:०६ प्रकाशित
  • Nabintech