बाँकेका विभिन्न अस्पतालका ८५ कोभिड बेड खाली
  • काँचुली खबर

बाँकेमा रहेका विभिन्न अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारका लागि संचालनमा ल्याएका कोभिड वार्डका ८५ वडा बेड खाली रहेका छन ।

जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले सोमबार दिउँसो ४:४० बजेसम्म जिल्लाका विभिन्न अस्पतालमा कोरोना संक्रमित बिरामी उपचारार्थ संचालित बेड मध्ये, ८५ वडा बेड खाली भएको जनाएको छ ।

भेरी अस्पताल नेपालगन्जमा रहेको २०० बेड मध्ये ३३, मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको १३० मध्ये ३२, वेस्टर्न अस्पताल नेपालगन्जमा रहेको १६ मध्ये १२ र युनाइटेड अस्पताल नेपालगन्जमा रहेको १५ मध्ये ८ गरेर कुल ८५ बेड खाली रहेको समितिले जनाएको छ ।

जिल्लाका चारवटा अस्पतालमा कोभिड बिरामीको उपचारार्थ कुल ३६१ बेड संचालनमा ल्याएका छन । जसमध्ये, २६१ वटा बेडमा कोरोना संक्रमित बिरामीको उपचार भैरहेको छ भने, ८५ बेड खाली भएको हो ।

  • १७ जेष्ठ २०७८, सोमबार २०:०६ प्रकाशित
  • Nabintech