नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नेतृत्व फेरिएको छ। संघको अध्यक्षमा किरण पौडेल चयन भएका छन ।
जुम प्रबिधिबाट आज बसेको संघको केन्द्रीय समितिको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको सचिव रबिन्द्र लम्सालले जानकारी दिए ।
यसअघि संघको अध्यक्षमा बच्चन बहादुर सिंह थिए । उनको हिजो मात्रै उमेर हदका कारण स्वतः पदमुक्त भएका थिए । संघमा ४० वर्षे उमेर हदबन्दी रहेको छ ।
१७ जेष्ठ २०७८, सोमबार १७:५९ प्रकाशित