सोमवार बाँकेका थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । १३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने ४ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका ३०९ नमुना मध्ये, ८० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये, ४२ जना बाँकेका हुन भने ३८ जना बाहिरी जिल्लाका हुन ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा परिक्षण गरिएका १९० नमुनामा ४७ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परिक्षण गरिएका ६४ नमुनामा १९ जना र बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका ५५ नमुनामा १४ गरी जम्मा ८० जनामा कोरोना संक्रमण देखिएको हो ।
बाँकेमा आज थपिएका ४२ जना समेत गरेर कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ६४ पुगेको छ ।
आज बाँकेका थप १३४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १६ हजार १२ पुगेको छ । जिल्लामा अब ७५९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
त्यसैगरी, आजै बाँकेका थप ४ जना संक्रमितको मृत्यु भएको छ । यो समेत जिल्ला भित्र मृत्यु हुनेको संख्या २९३ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २८७ पुगेको छ ।
१७ जेष्ठ २०७८, सोमबार १७:४४ प्रकाशित