बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो ।
गत बैशाख १३ गते मध्यरातीबाट जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज राती समाप्त हुँदै थियो ।कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा निषेधाज्ञा अबधि थप गर्दै आएको छ । निषेधाज्ञा अवधि लम्बाएर आउँदो जेठ २४ गते राती १२ बजेसम्मका लागि थप गरेको छ ।
दनिक उपभोग्य वस्तुका पसल व्यवसाय बिहान ७ बजेदेखि १२ बजेसम्म खोल्न पाइने प्रशासनले जनाएको छ ।
१७ जेष्ठ २०७८, सोमबार १४:४५ प्रकाशित