भोट हाल्न गएनन् नेपालगन्जका मेयर राणा
  • काँचुली खबर

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् ।

सोमबार बिहान ९ बजेदेखि सुरु भएको लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचन आफ्नो प्राथमिकतामा नपरेको उनले बताएका छन ।

आफ्नो अहिलेको कर्तव्य कोरोनासँग जुध्ने रहेको भन्दै उनले कांग्रेस, एमाले र माओवादीबीच भइरहेको जुधाइमा आफूले मतदान नगर्ने निर्णय गरेको सामाजिक संजाल मार्फत जानकारी गराएका छन । मेयर राणाले राप्रपाबाट निर्वाचन जितेका हुन ।

निर्वाचनमा प्रदेशसभा सदस्य ८३ जना, नगरपालिका प्रमुख–उपप्रमुख र गाउँ पालिकाका अध्यक्ष–उपाध्यक्ष २१७ जनागरी जम्मा ३०० मतदाता रहेका छन ।

निर्वाचनमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डेका बीचमा चुनावी प्रतिस्पर्धा रहेको छ ।

  • १७ जेष्ठ २०७८, सोमबार ११:५० प्रकाशित
  • Nabintech