बाँकेमा पछिल्लो २४ घण्टामा हालसम्मकै न्युन सँख्यामा कोरोना संक्रमित थपिएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा १२ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।
बाँकेमा पछिललो २४ घण्टामा १४७ जनाको नमुना परिक्षण गरीएको थियो । जसमध्ये जिल्लाका १२ र बाहिरी जिल्लाका ३७ जनामा संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
यसैबिच आईतबार मात्रै बाँकेबाट २ सय ४० जना डिस्चार्ज भएका छन । कोरोना संक्रमित भई विभिन्न अस्पताल तथा आईसोलेशन सेन्टरमा उपचार गराईरहेका ९६ महिला र १४४ पुरुष संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका हुन ।
यसैबिच पछिललो २४ घण्टामा बाँकेमा जिल्लाभित्रका १ र जिल्ला बाहिरका ७ गरी कुल ८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
१६ जेष्ठ २०७८, आईतवार १७:५७ प्रकाशित