शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने
  • काँचुली खबर

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलको भनाई छ ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:१० प्रकाशित
  • Nabintech