काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा केही दिनदेखि वर्षात भइरहेको छ । यास चक्रवातका कारण वर्षात भइरहेको र सोमबारसम्म पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरु थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
१५ जेष्ठ २०७८, शनिबार १०:२५ प्रकाशित