फाइल फोटो
बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो दिउँसो १ बजेदेखि आज बिहान ९ बजे समय अवधि भित्र उनिहरुको उपचारका क्रममा बाँकेका दुइवटा अस्पतालमा ज्यान गएको हो । मृत्यु हुनेमा २ जना बर्दिया र २ जना दाङका रहेका छन ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, बर्दिया मधुवन नगरपालिका ६ की ५२ बर्षिया महिलाको मेडिकल कलेज कोहलपुरमा हिजो दिउँसो १:०० बजे र सोही अस्पतालमा लमही नगरपालिका ३, दाङका ४० बर्षिय पुरुषको हिजो बेलुका ७:१५ बजे मृत्यु भएको हो ।
त्यसैगरी, राप्ती गाउँपालिका ६, दाङका ५२ बर्षिया महिलाको मेडिकल कलेज कलेज कोहलपुरमा आज बिहान ६:३० बजे र बढैयाताल गाउँपालिका ४, बर्दियाका ३५ बर्षिय पुरुषको आज बिहान ८:५० बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको ओलीले जानकारी दिए ।
योसँगै बाँके जिल्ला भित्रका २८८ जनाको कोरोनाबाट ज्यान गएको छ भने, बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई ज्यान गुमाउनेको संख्या २७४ पुगेको छ ।
१५ जेष्ठ २०७८, शनिबार १०:०९ प्रकाशित