आज बिहान बजेट अध्यादेश सिफारिस गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
मन्त्रिपरिषद बैठकले बजेट अध्यादेशबाट ल्याउन राष्ट्रपति समक्ष सिफारिस गर्ने छ भने राष्ट्रपतिबाट स्वीकृत भएपछि अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने तयारी छ ।
बजेट दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी छ । पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ ।
प्रतिनिधिसभा विघटन भएको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नै बजेट ल्याउनुपर्ने प्रावधान छ ।
१५ जेष्ठ २०७८, शनिबार ०८:३६ प्रकाशित