उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् ।
१४ औं गणतन्त्र दिवसका अवसरकारमा शुभकामना दिंदै उपराष्ट्रपति पुनले राजनीतिक समस्या समाधानमा आशा ब्यक्त गरेका हुन ।
वर्तमान राजनीतिक समस्याबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर संक्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न उपराष्ट्रपतिले अपिल गरेका छन् ।
‘संविधान कार्यान्वयनका क्रममा संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहमा सरकार बनेका छन् । महिला, आदिवासी जनजाति, दलित, मधेशी, अल्पसंख्यक, उत्पीडित क्षेत्रका समुदायका हकअधिकारलाई संविधानतः थुप्रै अधिकार दिइएको छ । तर, विकासको स्वाभाविक प्रक्रियाले हुने परिवर्तनभन्दा आधारभूत नेपाली जनताको आर्थिक –सामाजिक जीवनमा परिवर्तन ल्याउन सकेका छैनौंँ । एकात्मक, सामन्तवादी, पुराना सोंच, शैली विद्यमान छन् । यसले जनतामा निराशा बढ्न थालेको सहजै महसुस गर्न सकिन्छ,’ उनले भनेका छन् ।
१५ जेष्ठ २०७८, शनिबार ०८:२३ प्रकाशित