मुख्यमन्त्री पोखरेलद्वारा गणतन्त्र दिवसको शुभकामना
  • काँचुली खबर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली नागरिकको वास्तविक रुपमा सम्प्रभु गणतन्त्र स्थापनाले भएको बताएका छन । आज १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश मार्फत उनले सो कुरा बताएका हुन । उनले गणतन्त्र केवल शासन पद्धती मात्र नभएर नागरिकको जीवन पद्धति हो । गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको छ ।
मुख्यमन्त्री पोखरेलले यो दिन जनताको संघर्ष र वलिदानले सार्थकता पाएको दिनको रुपमा रहेको बताएका छन । उनले आज ऐतिहासिक संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र घोषणा गरी विनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन हो ।
मुख्यमन्त्री पोखरेलले  कोभिड—१९ को महामारीबाट नागरिकलाई जोगाउन सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गर्दा नै परिस्थितिलाई नियन्त्रणमा राख्न संभव भएको छ । कोरोना विरुद्धको लडाईंलाई जित्न नागरिकको सजगता र सहयोगबाट संभव छ । उनले राज्यले कोरोना विरुद्ध चालेका कदममा नागरिकले गरेको सहयोगको प्रशंसा गरेका छन । कोभिड—१९ महामारी विरुद्धको संघर्षमा सबै मिलेर अघि बढ्दा नै छिट्टै विजय प्राप्त गर्ने, यो लडाईंलाई जित्दा हामीले सुखद अनुभूती गर्न पाउने छौ भनेका छन ।
मुख्यमन्त्री पोखरेलले  वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण लामो संघर्ष र बलिदानले सम्भव भएको हो । गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको छ । नागरिक सार्वभौम बनेको यो दिन नेपालको राजनैतिक इतिहासको अविस्मरणीय दिन हो भनेका छन ।
शुभकामना सन्देशमा ‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई अघि बढाउँदै लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन हामी दृढसंकल्पित छौं । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न अझै प्रेरणा प्रदान गर्ने छ ।  गणतन्त्र दिवसको अवसरमा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछुु’ भनिएको छ । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गरिएको छ ।
शुभकामना सन्देशको पुर्णपाठ ।
गणतन्त्र दिवसको सबैमा शुभकामना
आज गणतन्त्र दिवस । नेपाली नागरिक वास्तविक रुपमा सम्प्रभु भएको यस ऐतिहासिक दिनको सुखद अवसरमा म देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
यो दिन जनताको संघर्ष र वलिदानले सार्थकता पाएको दिन हो । आज ऐतिहासिक संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र घोषणा गरी विनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन हो । म यस अवसरमा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण लामो संघर्ष र बलिदानले सम्भव भएको हो । गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको छ । नागरिक सार्वभौम बनेको यो दिन नेपालको राजनैतिक इतिहासको अविस्मरणीय दिन हो । गणतन्त्र केवल शासन पद्धती मात्र नभएर नागरिकको जीवन पद्धति हो । गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको छ ।
सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई अघि बढाउँदै लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन हामी दृढसंकल्पित छौं । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न अझै प्रेरणा प्रदान गर्ने छ ।
नेपालको संविधानले गणतन्त्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाका रुपमा आत्मसात गरेको छ । वास्तवमा संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत गर्न भएका प्रयासमा सबैको सार्थक सहयोग आवश्यक छ । शासन प्रणाली बलियो हुँदा नै दीगो शान्ति, सुशासन र समृद्धि हासिल गर्न सकिन्छ ।
यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन र संस्थागत गर्दै अघि बढिरहेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन हुँदै जाँदा नागरिकले विकास र समृद्धिको आकांक्षा पूरा गर्दै जानेछन् । प्रदेश सरकार स्थापनाको तीन वर्षमा देखिने र सुनिने सरकारको रुपमा स्थापित भएको छ । प्रदेशको योजनाबद्ध विकासको आधार तयार भएको छ । प्रदेश सरकार विकासको मेरुदण्ड हो भन्ने नागरिकले अनुभूति गर्न पाएका छन् ।
यतिबेला हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा केन्द्रीत छौं । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन र संक्रमितको उपचारमा तीनै तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिदै राज्य संयन्त्रको प्रभावकारी परिचालन भएको छ । यो संकटको बेला उत्तेजना, आक्रोश र भडकाउमा नलागी उच्च मनोबलका साथ राज्य संयन्त्रलाई सहयोग गरौं । संक्रमित र उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग गरौं । सबैको सार्थक सहयोगबाट नै महामारीलाई जित्न सकिन्छ ।
प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएर कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाएको छ । यसका साथै जिल्ला अस्पतालहरुको स्तरोन्नतीको काम अघि बढेको छ । अस्पतालहरुका अक्सिजन प्लाण्ट स्थापना गर्न बजेट विनियोजन भइ काम अघि बढेको छ । अस्पतालको आवश्यकता र माग अनुसार अरु पूर्वाधार निर्माणका काम पनि अघि बढेका छन् ।
कोभिड—१९ को महामारीबाट नागरिकलाई जोगाउन सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गर्दा नै परिस्थितिलाई नियन्त्रणमा राख्न संभव भएको छ । कोरोना विरुद्धको लडाईंलाई जित्न नागरिकको सजगता र सहयोगबाट संभव छ । राज्यले कोरोना विरुद्ध चालेका कदममा नागरिकले गरेको सहयोग प्रशंसनीय छ ।
कोभिड—१९ महामारी विरुद्धको संघर्षमा सबै मिलेर अघि बढ्दा नै छिट्टै विजय प्राप्त गर्नेछौं । र, यो लडाईंलाई जित्दा हामीले सुखद अनुभू ितगर्न पाउने छौ ।
अन्त्यमा, गणतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७८ जेठ १५

  • १५ जेष्ठ २०७८, शनिबार ०८:०९ प्रकाशित
  • Nabintech