प्रहरी र खाद्य बैंकलाई स्वास्थ्य सामग्री तथा खाद्यान्न वितरण
  • काँचुली खबर

बाँकेको कोहलपुरमा रहेको जिवन ज्योती स्कुलले ईलाका प्रहरी कार्यालय कोहलपुर र खाद्य बैंक कोहलपुरलाई स्वास्थ्य सामग्री तथा खाद्यान्न सहयोग गरेको छ ।

शुक्रबार स्कुलका पिन्सीपल फा. जोमन जेम्सले दुबै संस्थाका प्रतिनिधिहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन ।

स्कुलका लेखा प्रमुख कल्याण तिमिल्सीनाका अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरलाई ५० पोका माक्स, २५० पिस सेनिटाईजर, ५ प्याकेट पञ्जा, २५० थान एन ९५ माक्स, ३ सेट पिपिई, २ थान थर्मल गन, ५ थान अक्सिमिटर र २० लिटर सेनिटाईजर उपलब्ध गराईएको हो । कोरोना नियन्त्रणमा अग्रपंक्तिमा रहेर काम गर्दै आएको प्रहरी प्रशासनलाई ७५ हजार बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराईएको तिमिल्सिनाले बताए ।

त्यसैगरी विपन्नहरुको सहयोगकालागि कोहलपुरमा स्थापना गरीएको खाद्य बैंककालागी पनि स्कुलले चामल सहयोग गरेको छ । स्कुलका लेखा संयोजक तिमिल्सिनाका अनुसार खाद्य बैंकलाई ६७ हजार ५ सय मुल्य बराबरको ५० बोरा चामल सहयोग गरीएको हो ।

  • १४ जेष्ठ २०७८, शुक्रबार २१:१३ प्रकाशित
  • Nabintech