नेकपा एमाले (माधव नेपाल समुह) बाकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ प्रीन्ट रगत संकलन भएको छ । ब्लड बैंकमा रगतको अभाव देखिएपछि आकस्मिक रुपमा आयोजना गरीएको रक्तदान कार्यक्रममा ३१ प्रीन्ट रगत संकलन भएको एमाले बाँकेका जिल्ला सचिवालय सदस्य अब्दुल हुसेन खाँले जानकारी दिए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा शुक्रबार बिहान ८ बजेदेखी रक्तदान कार्यक्रम आयोजना गरीएको थियो । रक्तदानमा कार्यक्रममा स्थानिय नेता तथा कार्यकर्ताले रगत दान गरेको खाँले जानकारी दिए ।
पहिलो चरणमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरीएको बताउँदै नेता खाँले आगामी दिनमा समेत आवश्यकता अनुसार रक्तदान अभियानलाई निरन्तरता दिईने बताए ।
१४ जेष्ठ २०७८, शुक्रबार २०:४१ प्रकाशित