स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन सर्वपक्षय आह्वान
  • काँचुली खबर

शुक्रबार बिहानदेखी आन्दोलनरत स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन भेरी अस्पताल विकास समितिले आग्रह गरेको छ । चिकित्सक र नर्सलाई हमला गर्ने तथा अस्पतालमा क्षती पुर्याउने ब्यक्तिमाथी कारबाहीको प्रक्रिया अगाडी बढिसकेकाले अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन समितिले आह्वान गरेको हो ।

शुक्रबार बेलुका एक विज्ञप्ती जारी गर्दै समितिले हालको विषम परिस्थितीलाई मध्यनजर गर्दै विगतको जस्तो उच्च मनोबलकासाथ आ–आफ्नो जिम्मेवारीमा फर्कन सबैलाई अपिल गरेको हो । आगामी दिनमा पुन यस्ता प्रकारको घटनाहरु हुन नदिन समितिले सम्बन्धित निकायहरुसँगको समन्वयमा सुरक्षा ब्यवस्था कडा बनाएको समेत विज्ञप्तीमा उल्लेख गरीएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष र चारै जना सदस्यद्धारा संयुक्त रुपमा जारी गरीएको विज्ञप्ती मार्फत घटनाका दोषिलाई कडा भन्दा कडा सजाएको माग समेत गरीएको छ ।

यसैबिच शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्थित सबै निकायका प्रतिनिधिहरु बिच भएको बैठकले समेत आन्दोलनरत स्वास्थ्यकर्मीहरुलाई आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गरेको हो । पिडित पक्षका तर्फबट दिईएको किटानी जाहेरीका आधारमा दाहेरी दर्ता भई कारबाही प्रक्रिया अगाडी बढिसकेको र अस्पतालको सुरक्षा ब्यवस्था थप सुदृढ बनाईसकेको उल्लेख गर्दै विज्ञप्ती मार्फत उच्च मनोबलकासाथ उपचार सेवालाई निरन्तरता दिन अपिल गरीएको छ ।

साथै घटनाको छानविन गरी भविश्यमा यस प्रकारका घटना दोहोरीन नदिन अवलम्वन गर्नुपर्ने उपायसहितको राय पेश ३ दिनभित्र पेश गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानविन समिति समेत गठन भएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

प्रहरीले घटनामा संलग्न तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, लोकराज रावत र भरत रावतलाई ज्यान मार्ने कशुरमा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाएलगत्तै सर्वपक्षिय बैठकले स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन आग्रह गरेको हो ।

  • १४ जेष्ठ २०७८, शुक्रबार १७:३९ प्रकाशित
  • Nabintech