भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मी कुटपिटको घटनाप्रति अखिल (क्रान्तिकारी) बाँकेले आपत्ति जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी अखिल (क्रान्तिकारी) ले स्वास्थ्यकर्मी कुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषिलाई तत्काल कानुनी कठघरामा ल्याउन माग गरेको छ ।
अखिल (क्रान्तिकारी) का बाँके जिल्ला संयोजक सुरेश जंग शाहा (जम्बो) द्धारा जारी गरीएको बिज्ञप्तिमार्फत महामारीको बेला ज्यान हत्केलामा राखेर बिरामीको सेवामा अहोरात्र खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथी कुटपिट तथा अस्पताल तोडफोड जस्तो घृणित कार्यको घोर निन्दा तथा भत्र्सना गरीएको छ ।
कोरोना कहरमा फ्रन्टलाइनमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुको मनोबल घट्ने क्रियाकलाप भैरहेकोले सो को बिरोध गर्दै अखिल (क्रान्तिकारी)ले त्यस्ता क्रियाकलापमा संलग्नलाई प्रशासन तथा सम्बद्ध निकायले कडा कारबाही नगरे वा दोषिलाई उन्मुक्ति दिए सडकबाटै कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
१४ जेष्ठ २०७८, शुक्रबार १४:१९ प्रकाशित