बलात्कार मुद्धा खेपीसकेका रावतद्धारा स्वास्थ्यकर्मी कुटिए
  • काँचुली खबर

भेरी अस्पताल नेपालगन्जका चिकित्सक र नर्समाथी कुटपिटि गर्ने ब्यक्तिले यसअघि बलात्कार मुद्धामा समेत मुद्धा खेपीसकेको खुल्न आएको छ । बिहिबार राती अस्पतालमा हुलदंगा गरेर ड्युटिमा रहेका चिकित्सक र नर्समाथी साँघातिक आक्रमण गराएका दाङका मानबहादुर रावतको विगत विवादास्पद देखिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका विश्वासपात्र समेत रहेका रावत एमालेका कार्यकर्ता हुन् । दाङ निर्वाचन क्षेत्र नं. ३ का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य समेत रहेका रावत मुख्यमन्त्री शंकर पोखरेलका विश्वासिला पात्र मानिन्छन् । रावत यसअघि सरकारी कर्मचारी पनि थिए । छ महिनाअघिमात्रै उनले सरकारी जागिर छोडेका थिए ।

पार्टीको नवौ महाधिवेशन चलिरहेका बेला उनी निवर्चान क्षेत्रका संयोजक पनि बनाइएका थिए । अधिवेशन तयारीकै लागि देउखुरी पुगेका बेला उनमथि पार्टीकै एक जना महिला कार्यकर्ताले आफूमाथि जवर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् । ती महिलाका आफन्तले रावतलाई त्यहाँ कुटपिट पनि गरेका थिए ।

त्यसपछि रावतमाथि जवर्जस्ती करणी अरोपमा लामो समय मुद्दा चलेको थियो । पछि उनलाई अदालतले सफाइ पनि दियो ।

स्थानीय तह भइसकेपछि उनी वडा कार्यालयमा थिए । त्यहाँ पनि जनप्रतिनिधिलाई होच्याउने र महिला कर्मचारी तथा जनप्रतिनिधिहरूलाई पनि अभद्र व्यवहार गरेपछि उनकै पार्टीका कार्यकर्ताले कारबाहीको माग गर्दै पार्टीमा निवेदन दिएका थिए ।

त्यसपछि तुलसीपुर उपमहानरपालकिका मेयर घनश्याम पाण्डेले उनलाई आफ्नो स्वकीय सचिव पनि बनाएका थिए । तर पनि उनीविरुद्ध दबाव बढ्न थालेपछि पाण्डेले पनि उनलाई हटाएका थिए । त्यसपछि उनी पार्टीमै सक्रिय रहँदै आएका थिए ।

बिहिबार राती तिनै रावतले नेपालगन्जस्थित भेरी अस्पतालमा आतंक मच्चाएका छन । कोरोना संक्रमणबाट थलिएका आफ्ना दाई डिल्लीबहादुर रावतको उपचारका क्रममा निधन भएपछि रावतले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी साँघातिक हमला गराएको आरोप लागेको छ । आक्रमणबाट भेरी अस्पतालमा कार्यरत डा. चन्द्र प्रकाश साहु, नर्सहरु सदिक्षा गैरे, आश्विनी गुरुङ, रिता अधिकारी र कबिता पुन घाईते भएका थिए । त्यसैगरी अस्पतालको शैचालय, झ्यालको सिसा, ढोका र कोभिड वार्डमा समेत तोडफोड गरीएको थियो ।

प्रहरीले घटनामा संलग्न भएको भन्दै रावतसहित तिन जनालाई नियन्त्रणमा लिएर राखेको छ । यद्यपी राजनितिक पहुँचका आधारमा छुट्न सक्ने भन्दै बाँकेमा सक्रिय स्वास्थ्यसँग सम्बन्धित संघ संगठनहरुले दोषिलाई कडा कारबाहीको माग राख्दै आएका छन ।

  • १४ जेष्ठ २०७८, शुक्रबार १२:५३ प्रकाशित
  • Nabintech