बाँकेमा क्रियाशिल १५ वटा स्वास्थ्य संगठनहरुले भेरी अस्पताल नेपालगन्जमा भएको घटनाको भर्र्तसना गरेका छन । शुक्रबार बिहान संयुक्त विज्ञप्ती निकाल्दै १५ वटा स्वास्थ्य संगठनहरुले घटनामा संलग्नलाई कडा कारबाहीको माग समेत गरेका छन ।
पटक पटक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथी बिभिन्न बाहाना गर्दै दुब्र्यबहार र हातपात हुँदा समेत सम्बन्धित निकायबाट सुरक्षा ब्यवस्था उपलब्ध नहुँदा बिहिबारको घटना भएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशिल १५ वटा संघसंस्थाले तत्काल दोषी पहिचान गरी कडा कारबाही गर्न माग गरेका हुन ।
तत्काल दोषीमाथी कारबाही र स्वास्थ्यकर्मीहरुको सुरक्षाको ब्यवस्था नभए आफुहरु आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने बताउँदै त्यसबाट उत्पन्न परिस्थितीको जिम्मेवार सम्बन्धित पक्ष नै हुने विज्ञप्तीमा भनिएको छ ।
बिहिबार राती ८ बजे भेरी अस्पतालको कोरोना वार्डमा उपचाररत एक संक्रमितको उपचारकै क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरुले चिकित्सक र नर्समाथी कुटपिट गरेका थिए । घटनाको सर्वत्र बिरोध भईरहेको छ ।
१४ जेष्ठ २०७८, शुक्रबार ११:३७ प्रकाशित