भेरी अस्पताल नेपालगञ्जमा हिजो साझ भएको घटना प्रती युवा संघ नेपाल लुम्बिनी प्रदेशले कडा आपत्ति जनाउदै दोषी उपर कारबाहीको माग गरेको छ ।
युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले भेरी अस्पतालमा बिहीबार राति चिकित्सक र स्वास्थ्यकर्मीमा कुटिएको घटना प्रती आपत्ति जनाउदै प्रमुख जिल्ला अधिकारी समक्ष उक्त घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेका हुन् ।
अध्यक्ष थापाले चिकित्सक र स्वास्थ्यकर्मी माथीको अमानवीय घटना घटाउनेलाई कडा कारबाहीको माग गर्दै अन्यथा युवा संघ नेपालले कारबाही गर्ने समेत घोषणा गरेका छन् ।
गए राती भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामिको मृत्यु पछि मृतकका आफन्तिले चिकित्सक र स्वास्थ्यकर्मीमाथी अन्धाधुन्धा आक्रमण गरेका थिए । सो आक्रमणबाट बच्न केही नर्सहरु पहिलो तलाबाट हाम फालेर ज्यान जोगाउने प्रयास गरेका थिए, सो क्रममा चिकित्सक र स्वास्थ्यकर्मीलाई चोट समेत लागेको छ ।
१४ जेष्ठ २०७८, शुक्रबार ११:११ प्रकाशित