कुटपिटमा परेका नर्स घटनाबारे यस्तो भन्छिन
  • काँचुली खबर

नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरुमाथी कुटपिटि भएको घटनाको अहिले सर्वत्र बिरोध भईरहेको छ । बिहिबार राती ८ बजेको समयमा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा रहेका डक्टर र नर्समाथी कुटपिट गरेका थिए ।

मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक भने झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान बचाएका थिए । आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटि लखेटी आक्रमण गरीएको थियो ।

आन्दोलनमा उत्रिए भेरी अस्पतालका स्वास्थ्यकर्मी

त्यसक्रममा मृतकका आफन्तहरुले ड्युटिमा रहेका नर्सहरुको घाँटी अठ्याएर मार्ने प्रयास समेत गरेको खुल्न आएको छ । मृतकका आफन्तको आक्रमणमा परेकी स्टाफ नर्स सदिक्षा गैरेले मृतकका आफन्तले उपचारका क्रममा धेरै मानसिक तनाव दिएको बताएकी छन । बिरामीका आफन्तहरुले हत्या गर्ने उद्धेश्यले आफु लगाएत अन्य स्वास्थ्यकर्मी र चिकित्सक माथी साँघातीक हमला गरेको बताउँदै गैरेले दोषिलाई कडा भन्दा कडा कारबाहीको माग गरेकी छन ।

भेरी अस्पतालको आईसोलेशन वार्डमा कार्यरत गैरेले आक्रमणकारीहरुबाट ज्यान जोगाउन क्वाविनको ट्वाईलेटमा लुक्दा समेत आक्रमणको प्रयास भईरहेपछि झ्यालबाट बाहिर हाम फालेर बाँच्न सफल भएको बताईन ।

संक्रमितको ज्यान गएपछि भेरीमा चिकित्सक कुटिए

  • १४ जेष्ठ २०७८, शुक्रबार १०:१२ प्रकाशित
  • Nabintech