आज एमालेको आकस्मिक रक्तदान कार्यक्रम
  • काँचुली खबर

नेकपा एमाले (माधव नेपाल समुह) बाकेले आज (शुक्रबार) आकस्मिक रक्तदान कार्यक्रमा आयोजना गर्ने भएको छ । अस्पतालमा रगतको अभाव देखिएपछि आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको उक्त समुहले जनाएको छ ।

नेकपा एमाले बाँकेका जिल्ला कमिटि सचिवालय सदस्य अब्दुल हुसेन खाँका अनुसार बिहान ८ बजेदेखी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना हुँदै छ । रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न खाँले सबैलाई आह्वान समेत गरेका छन ।

कोरोनाका बिरामी तथा कुरुवाहरुकालागि सहुलियतमा खाना खुवाउँदै आएको एमालेको नेपाल समुहले नेपालगन्ज मेडिकल शिक्षाण अस्पताल कोहलपुरमा यसअघि ‘भान्सा घर’ समेत संचालनमा ल्याएको थियो । जेठ १ गतेबाट संचालनमा आएको उक्त भान्सा घरबाट दैनिक करिब २५० (बिरामी र कुरुवा) जनालाई सहुलियतमा खाना खुवाउँदै आएको खाँले जानकारी दिए ।

  • १४ जेष्ठ २०७८, शुक्रबार ०६:१५ प्रकाशित
  • Nabintech