प्युठानमा बिहीवार १५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने थप १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय प्युठानका अनुसार बिहीवार जिल्लाका विभिन्न स्थानका थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका सहित जिल्लामा कुल संक्रमितको संख्या २ हजार ५३० पुगेको छ ।
त्यसैगरी, आज थप १५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । योसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या २ हजार १०८ पुगेको छ । जिल्लामा अब ३७४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो समेत जिल्लामा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
१३ जेष्ठ २०७८, बिहीबार १४:५० प्रकाशित