बंगालको खाडीमा उत्पन्न भएको यास नामक चक्रवातले नेपालको मौसममा पनि प्रतिकूल प्रभाव पारेको छ ।
राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा, हिमपात र हावाहुरी चल्ने भएकाले शनिबारसम्म सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।
चक्रवातले उत्पन्न प्रतिकुल मौसमका कारण पर्वतारोही टोलीलाई फिर्ता बोलाउन पनि प्राधिकरणले पर्यटन मन्त्रालयलाई भनेको छ ।
मनसुन सुरु हुनु अघि नै धेरै पानी पर्ने भएकाले बाढीपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ ।
जेठ १३,१४ र १५ गते प्रदेश १,प्रदेश २,वाग्मती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
१३ जेष्ठ २०७८, बिहीबार ०७:१८ प्रकाशित