संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्य हेर्ने उपमहासचिव जिन पिएरे तीनदिने भ्रमणका लागि नेपाल आउँदैछन् । उप-महासचिव पिएरे मंगलबार काठमाडौं आउन लागेको नेपालस्थित राष्ट्रसंघको कार्यालयले जनाएको छ । काठमाडौं बसाइको क्रममा उनले प्रमुख दलका शीर्ष नेता, सैनिक र प्रहरीका अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो क्रममा उनले शान्ति स्थापनाको क्षेत्रमा संयुक्त राष्ट्रसंघले चालेका पछिल्ला कदम र लिएका निर्णयबारे जानकारी पनि गराउने छन् ।
भेटवार्ताको क्रममा उनले ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघ कार्यालयमा सन्चालित ‘डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स’ (डीपीए) लाई नेपाल सरकारले बन्द गराएकोप्रति चासो राख्ने अनुमान छ । नेपालको शान्ति प्रक्रियालाई सघाउन आएको अनमिन सेना समायोजन र हतियार व्यवस्थापनको काम सम्पन्न गरेर फर्किएपछि केही समयका लागि भन्दै स्थापना गरिएको डीपीए सात वर्षसम्म पनि नहटेपछि हालैको मन्त्रिपरिषद बैठकले डीपीएलाई बन्द गराउने निर्णय लिएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
डीपीएमा कार्यरत केही कर्मचारीहरुले ‘अलग तराई’ को वकालत गर्दै आएका सीके राउतप्रति सहानुभूति राखेको, सीके राउतका सहयोगी पश्चिमी दातृ निकायसँग अघोषित सहकार्य गरेको, राजनीतिक गतिविधिमा संलग्न भएको आरोपसमेत लाग्दै आएको थियो । उपमहासचिव पिएरेले नेपालसहित भारत, बंगलादेश र पाकिस्तानको पनि भ्रमण गर्ने नेपालस्थित राष्ट्रसंघको कार्यालयले जनाएको छ । राष्ट्रसंघले विश्वका १४ स्थानमा ९१ हजार शान्ति सेना परिचालन गर्दै आएको छ । तिमध्ये नेपाल, भारत, बंगलादेश र पाकिस्तानका सेनाको संख्या एकतिहाइ छ ।
१२ असार २०७५, मंगलवार ०७:४२ प्रकाशित