प्रेस चौतारी बाँकेले जिल्लामा कार्यरत विभिन्न संचारगृहमा आबद्ध कृयाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री बितरण गर्न शुरु गरेको छ ।
बुधबार बाँकेको कोहलपुर र बैजनाथका विभिन्न संचारगृहमा कार्यरत कृयाशिल पत्रकारहरुलाई कोहलपुरमा स्वास्थ्य सामाग्री (सेनिटाइजर र मास्क) बितरण गरेको प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बिकले जानकारी दिए ।
कोरोना महामारीका बेला स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै संचारकर्मी पनि फ्रन्टलाइनमा खटेर काम गर्ने हुँदा संक्रमणबाट बचेर रिपोर्टिङ गरी जनतालाई सुशुचित पार्ने काम पत्रकारको भएको हुँदा उनिहरुलाई आजबाट स्वास्थ्य सामाग्री बितरण शुरु गरिएको बिकले बताए ।
आज पहिलो दिन कोहलपुर र बैजनाथ कार्य क्षेत्रमा आवद्ध ३७ जना पत्रकारलाई मास्क, सेन्टाइजर उपलब्ध गराइएको र अबको केहिदिनमा नेपालगन्जका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइने उनले जानकारी दिए । कुनै पत्रकार छुटेको खण्डमा वा स्वास्थ्य सामाग्री अभाव भएको खण्डमा आफुलाई सम्पर्क गर्न आमेत अध्यक्ष विकले आग्रह गरेका छन् ।
स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय अनुशासन बिभागका सदस्य बिष्णु बेल्वासे, नेकपा एमाले बाँकेका प्रचार बिभाग उपप्रमुख रुद्र सुवेदी, सचिव गजेन्द्र गुरुङको सहभागिता रहेको थियो ।
१२ जेष्ठ २०७८, बुधबार १७:४८ प्रकाशित