सेतोखरी मिडियाकाे वार्षिकोत्सब: खाेज पत्रकारीता पुरस्कार स्थापना, पहिलाे पटक अन्सारी पुरस्कृत
  • काँचुली खबर

सेतोखरी मिडिया प्रालिले आफ्नो स्थापनाको पहिलाे वार्षिकोत्सब मनाएकाे छ । प्रालिले आफ्नो पहिलो स्थापनाको अवसर पारेर हरेक बर्ष एकजना पत्रकारलाई पुरस्कृत गर्नेगरी पत्रकारीता पुरस्कारको स्थापना गरेको छ ।
हरेक बर्ष एक जना सक्रिय पत्रकारलाई पुरस्कृत गर्नेगरी ‘सेतोखरी कमलसुमन खाेज पत्रकारिता पुरस्कार २०७८’ को स्थापना गरेकाे प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक कमल न्याैपानेले बताए ।
उनका अनुसार प्रालिले हरेक बर्ष स्थानिय तहमा हुने गरेका बिकृति, बिसंगती, सुशासन लगायतका क्षेत्रमा खाेजमुलक समाचार लेख्ने लुम्बिनी तथा कर्णाली प्रदेशका एक पत्रकारलाई पुरस्कृत गरिने छ ।
पहिलो बर्षको पुरस्कार लुम्बिनी प्रदेश बाँकेका पत्रकार जावेद अन्सारीलाई प्रदान गरिएको न्यौपानेले जानकारी दिए । पश्चिम नेपालकाे माेफसलमा संचालित सन्चारगृहले पुरस्कार स्थापना गरी पत्रकारलाई आफ्नै संस्था मार्फत पुरस्कार प्रदान गरिएकाे पनि यो पहिलाे भएको उनले बताए ।
यस किसिमका कामले युवा पत्रकारमा खाेज पत्रकारिताप्रती रुचि बढाउनुका साथै टाेल, समाज गाउँ र समाजमा सुशासन कायम राख्न पत्रकारको कलम अघि बढने सेतोखरी मिडिया प्रालीद्वारा संचालित इसेतोखरी अनलाइनका सम्पादक सुमन शर्माले बताइन् ।
आज पुरस्कृत भएका पत्रकार अन्सारी नेपालगन्जबाट संचालित खोजखबर अनलाइनका सम्पादक हुन । कार्यक्रममा सेतोखरी मिडिया प्रालिका संचालक समितिका पदाधिकारी, अनलाइन पत्रकार सङ्घ बाँकेका सचिव रामु अाेलि लगायतका दर्जन बढी पत्रकार तथा शुभचिन्तकको उपस्थिति रहेको थियो ।

  • १२ जेष्ठ २०७८, बुधबार १७:२० प्रकाशित
  • Nabintech