स्थानिय निकायलाई टिपिओद्धारा स्वास्थ्य सामग्री सहयोग
  • काँचुली खबर

बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टिपिओ नेपाल) ले बाँकेका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । मानव अधिकार संरक्षण तथा पवद्र्धन केन्द्र (हुरिपप) का अध्यक्ष आलम खानको समन्वयमा टिपिओ नेपालले बाँकेका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकालाई पिपिई किट, सेनिटाइजर, फेसशिल, गावन, डिजिटल थर्मामिटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको टिपिओ नेपालका मनोविमर्शकर्ता कर्णराज रिमालले जानकारी दिए ।

उनले कोभिड न्यूनिकरणमा केन्द्र, प्रदेश र स्थानीय सरकारले गरेको प्रयासमा गैरसरकारी संस्थाको पनि उत्तिकै भूमिका हुने भएकोले स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरिएको बताए । ‘हाम्रो सहयोग थोरै भए पनि यसले बाँकेमा विद्यमान कोरोना समस्या समाधान गर्न सहयोग पुग्ने आशा गरिएको छ,’ उनले भने ।

कोरोना न्यूनिकरणमा हातेमालो गर्न स्वास्थ्य सामग्रीका लागि पहल गरिएको हुरिपपका अध्यक्ष खानले बताए ।

  • १२ जेष्ठ २०७८, बुधबार १२:१७ प्रकाशित
  • Nabintech