जसपा विवाद: ठाकुरले सोधे यादवलाई ७ बुँदे स्पष्टीकरण
  • काँचुली खबर

झण्डै झण्डै फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमकाबीच स्पष्ट दुई धारमा देखिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
मंगलबार सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी कांग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषयमा प्रश्न सोधिएको छ ।
जेठ ८ र ९ गते निर्धारण गरिएको बैठक महन्थ पक्षले जेठ ७ मा स्थगित भएको सूचना जारी गरेको थियो । तर सोही दिन उपेन्द्र यादव पक्षले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर एकल रुपमा अध्यक्षता गरी विभिन्न निर्णयहरु समेत गरेका थिए । यो विषयमा पनि यादवसँग ठाकुरले स्पष्टीकरण सोधेका छन ।
पार्टीको विधानको दफा ४९ अनुसार अनुसासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको उक्त स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यालयमा पठाउन भनिएको छ ।
७ बुँदे स्पष्टीकरण पत्रः

  • १२ जेष्ठ २०७८, बुधबार ०७:२६ प्रकाशित
  • Nabintech