प्युठानमा मंगलबार ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय प्युठानका अनुसार मंगलबार जिल्लाका विभिन्न स्थानका थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका सहित जिल्लामा कुल संक्रमितको संख्या २ हजार ५०४ पुगेको छ ।
त्यसैगरी, आज थप ४७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । योसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या २ हजार ६२ पुगेको छ । जिल्लामा अब ३९५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
जिल्लामा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
११ जेष्ठ २०७८, मंगलवार १७:२० प्रकाशित