नेपालगन्जको भेरी अस्पताल परिसरमा संचालित अन्जनी माता रसोईलाई भृकुटीनगर टोल बिकास समितिले सोमबार आर्थिक सहयोग गरेको छ ।
अस्पतालमा उपचार गराउन आउने बिरामी र बिरामीका कुरुवालाई दैनिक साँझ र बिहान प्रति छाक २० रुपैयाँमा खाना खुवाउँदै आइरहेको अन्जनी माता रसोईलाई टोल बिकास समितिले नगद १ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
उक्त रकम भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाको विशेष उपस्थितिमा टोल विकास समितिका अध्यक्ष सरला विष्टले हस्तान्तरण गरेकी हुन ।
भृकुटीनगर टोल बिकास कार्य समितीका सचिव धनबहादुर पुन, कोषाध्यक्ष कुलराज राजभण्डारी एवं सल्लाहकार पवन कुमार बिष्ट, श्रीमान ज्ञानराज भट्ट, निलबहादुर शाक्य, मीनबहादुर मल्ल, कृष्णलाल श्रेष्ठ, चन्द्र श्रेष्ठ, जितेन्द्र जोशी, सन्तोस शाह र जीवन शर्मा लगायतको उपस्थितमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।
रकम हस्तान्तरण गर्दै टोल बिकास समितिका अध्यक्ष
सरला बिष्टले ‘मानव सेवा नै धर्म हो’ भन्दै लिनु भन्दा दिन पाउँदा आफुहरु सन्तुष्टि र खुशी भएको बताइन । रकम सहयोग गरेकोमा भेरी अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालले टोलबासीलाई धन्यवाद व्यक्त गरेका थिए ।
साथै, टोल बिकास समितिका अध्यक्ष बिष्टले पत्रकार महासंघको एम्बुलेन्स खरिदकालागि ५ हजार, कोरोना बिरामीका लागि प्रयोग गरिने रेम्डिसिभिर इन्जेक्सनका लागि ‘ध्वनि खबर कोरोना हेल्पिङ्ग फण्ड’ लाई ५ हजार र एकल महिला समाजले बितरण गर्ने अण्डाका लागि ५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने जानकारी दिईन ।
१० जेष्ठ २०७८, सोमबार २०:२९ प्रकाशित