बाँकेको कोहलपुरमा ‘कोभिड खाद्य बैंक’को स्थापना गरिएको छ । कोरोना भाईरसका कारण जारी निधेषज्ञामा अति विपन्न परिवारमा खाद्यन्न समस्या भएपछि कोहलपुरमा कोभिड खाद्य बैंक स्थापना गरिएको हो ।
“रोगले होइन भोकले कोही मर्न नपरोस्” भन्ने उद्देश्यका साथ कोभिड खाद्य बैंक स्थापना गरिएको अभियानका संयोजक प्रदिप भट्टराईले बताए । गाउँदेखि शहरसम्मका गरिब तथा अति विपन्न परिवारका लागि खाद्यन्न सहयोग गर्ने प्रमुख लक्ष्यका साथ कोभिड खाद्य बैंकको स्थापना गरिएको उनको भनाई छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुर क्षेत्रमा सामाजिक कार्यमा सक्रिय यूवाहरुद्धारा सामाजिक सेवा भावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण प्रभावितहरुलाई हातमुख जोर्न सहयोग गर्ने हेतुले कोभिड खाद्य बैंक, कोहलपुर बाँकेको परिकल्पना गरिएको भट्टराईले प्रष्ट पारेका छन । साथै उनले पवित्र सामाजिक कार्यमा सहयोग गरी सामाजिक कार्यमा जोडिन सबैमा अनुरोध समेत गरेका छन् ।
सोमबार एक कार्यक्रमका बिच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले उक्त बैंकको उद्घाटन गरेका हुन । त्यसक्रममा अधिकारीले कोरोनाबाट दिवंगत आफ्ना भाईको स्मृतीमा २२ हजार मुल्य बराबरको खाद्यान्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
त्यसैगरी कोहलुर वडा नं. १० का वडाध्यक्ष निम बहादुर चलाउनेले २५०००, स्थानिय नेता मोहन चापागाँईले २५५५१, स्थानिय यातायात ब्यवसायी गोकर्ण वलीले १५०००, केशव खनालले १०००० तथा अन्य ब्यक्तिहरुले समेत आर्थिक सहयोग उपलब्ध गराएको कोभिड खाद्य बैंकका अभियन्ता चेतकान्त भट्टराईले जानकारी दिए । खाद्य बैंकालागि सोमबारसम्म २५ क्विन्टल चामल संकलन भईसकेको बताउँदै भट्टराईले केही दिनभित्रै आवश्यक प्रक्रिया मिलाएर असहाय तथा विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरीने जानकारी दिए ।
१० जेष्ठ २०७८, सोमबार २०:२४ प्रकाशित