बाँकेमा दुई अंकमा झर्यो कोरोना संक्रमण
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमणको दर दुई अंकमा झरेको छ । जिल्लाका दुई वटा प्रयोगशालामा गरीएको परिक्षणमा सोमबार बाँकेका ४० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । कुल २९७ नमुना परीक्षण गर्दा सोमबार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ४० जना बाँकेका र अन्य ६३ जना बाहिरी जिल्लाका रहेका छन ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिती बाँकेका अनुसार मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा सोमबार १०८ नमुना परीक्षण गर्दा ३२ जना र बागेश्वरी ल्यावमा १८९ को नमुना परीक्षण गर्दा ७१ जना गरि कुल १०३ जनामा संक्रमण पुष्टि भएको हो । यद्यपी भेरी अस्पताल नेपालगन्जको रिर्पोट भने सार्वजनिक गरीएको छैन ।

यसैबिच कोरोना संक्रमण मुक्त भएर सोमबार थप १६६ जना डिस्चार्ज भएका छन् । जिल्लाका ६४ जना महिला र १०२ जना पुरुष कोभिड संक्रमणबाट निको भएका हुन् । यसैबिच पछिल्लो २४ घण्टामा बाँकेका बिभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको छ । ७ जना मध्य जिल्लाभित्रका १ र अन्य जिल्लाका ६ जना रहेको केन्द्रले जनाएको छ ।

  • १० जेष्ठ २०७८, सोमबार १९:४८ प्रकाशित
  • Nabintech