संक्रमण घटेसँगै बाँकेमा ५८ कोभिड बेड खाली
  • काँचुली खबर

कोरोनाको हट स्पटका रुपमा रहेका बाँकेमा कोरोना संक्रमणको दर हट्न थालेको छ । पछिललो केही दिनयता जिल्लाभित्रका संक्रमितहरुको सँख्यामा उल्लेख्य कमि आएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका अनुसार कोरोना संक्रमितहरुको उपचारकालागि प्रयोग हुँदै आएका ५८ कोभिड बेडहरु खाली अवस्थामा रहेका छन । कोरोनाको दोस्रो लहर सुरु भएसँगै भरिभराउ भएका जिल्लाका कोभिड बेडहरु पछिल्लो समय खाली हुँदै जान थालेका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिृकत नरेशबाबु श्रेष्ठले सोमबार दिउँसो २ बजेसम्म विभिन्न अस्पतालहरुमा ५८ बेडहरु खाली रहेको जानकारी दिए ।

उनका अनुसार भेरी अस्पतालमा ११, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २९, वेस्टर्न अस्पतालमा १३ ९सर्जिकल बेड० र युनाइटेड अस्पतालमा ५ कोरोना संक्रमितको उपचार गर्ने बेड खाली रहेका छन् ।

  • १० जेष्ठ २०७८, सोमबार १७:१४ प्रकाशित
  • Nabintech