काेहलपुरमा पाेष्टर टाँसेर साँकेतिक बिराेध
  • काँचुली खबर

नेकपा माओबादी केन्द्र निकट अखिल क्रातिकारीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदमका विरुद्ध पम्प्लेट टाँसेर विरोध जनाएको छ । अखिल क्रान्तिकारी बाँके कोहलपुर नगर कमिटीले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीले चालेको कदम संविधान विपरित रहेको भन्दै सांकेतिक विरोध गरेको हो ।

विरोध स्वरुप अखिलले कोहलपुर क्षेत्रमा रहेको पोलहरुमा सांकेतिक विरोध स्वरुप पम्प्लेट टाँसेर विरोध जनाएको हो । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको तस्बीर अंकित पोस्टर टाँसिएको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

‘ हामीलाई भ्याक्सिन चाहिएको हो, निर्वाचन होइन्, राष्टपतिको काम गणतन्त्र र संविधानको रक्षा गर्ने हो, तिम्रो बयलगाडा लैजाउ, हाम्रो गणतन्त्रको अपहरण नगर र केपी ओली जस्तो प्रधानमन्त्री कुनै पनि मुलुकले भोग्नु नपरोस’ भन्ने नारा लेखिएका पोस्टर काेहलपुर क्षेत्रमा रहेका पाेलहरूमा टाँसिएको हाे ।

अखिल क्रान्तिकारी बाँके कोहलपुर नगर कमिटीका संयोजक लक्ष्मण आचार्यले सरकारले फेरी संसद विघटन गर्नु जनताको भावना विपरित रहेको बताए ।

  • १० जेष्ठ २०७८, सोमबार ११:४६ प्रकाशित
  • Nabintech