बाँकेमा कोरोनाको मृत्यु चेन टुट्यो
  • काँचुली खबर

नोवेल कोरोना भाईरस (कोभिड-१९) को हट स्पटका रुपमा रहेको बाँकेमा कोरोनाबाट हुने मृत्यु दर शुन्यमा झरेको छ । दिनहुँ दर्जनबढिको मृत्यु हुने बाँकेमा पछिल्लो २४ घण्टामा मृत्यु दर शुन्यमा झरेको हो । कोरोनाको दोस्रो लहर सुरु भएदेखी बाँकेमा मृत्युदर शुन्यमा झरेको यो पहिलो पटक हो ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा जिल्लाभित्रका कसैको मृत्यु भएको छैन । यद्यपी बाहिरी जिल्लाबाट बाँकेमा उपचारकालागि आएका ८ जनाले भने कोरोना कै कारण ज्यान गुमाएका छन ।

बाँकेमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै २१५ जनाले ज्यान गुमाईसकेका छन भने पहिलो र दोस्रो चरणको कोरोना महामारीका कारण बाँकेका कुल २७३ जनाको मृत्यु भईसकेको ओलीले जानकारी दिए । त्यसैगरी बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएका २४० जनाको समेत कोरोनाबाट मृत्यु भईसकेको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार १७:४१ प्रकाशित
  • Nabintech