बाँकेमा आईतबार ११४ संक्रमित थपिएका छन । जिल्लाका तिन वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ११४ र जिल्ला बाहिरका २७६ जनामा कोरोना संक्रमण देखिएको हो ।
जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा ६७० नमुना परिक्षण गरीएको थियो । जसमध्ये भेरी अस्पतालको ल्यावमा गरिएको परिक्षणमा जिल्लाभित्रका ७४ र जिल्ला बाहिरका १९१, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको ल्यावमा गरीएको परिक्षणमा जिल्लाभित्रका २६ र जिल्ला बाहिरका १० जना तथा वागेश्वरी डाईग्नोष्टिक ल्यावको परिक्षणमा जिल्लाका १४ र जिल्ला बाहिरका ७५ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबिच जिल्लाका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा बसेका ४५२ जना डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३०२ महिला र २४९ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन ।
यसैबिच पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यद्यपी उनिहरु सबै जिल्ला बाहिरबाट उपचारका जिल्ला आएका संक्रमितहरु रहेको ओलीले जानकारी दिए । अर्थात पछिल्लो २४ घण्टामा कोरोनाबाट जिल्लाभित्रका कसैको पनि मृत्यु भएको छैन ।
९ जेष्ठ २०७८, आईतवार १७:१९ प्रकाशित