प्युठानमा आइतबार २१ जना नयाँ कोरोना संक्रमित बिरामी थपिएका छन । १०५ जना निको भएर डिस्चार्ज भएका छन भने ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय प्युठानका अनुसार आइतबार जिल्लाका विभिन्न स्थानका थप २१ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका सहित जिल्लामा कुल संक्रमितको संख्या २ हजार ४३६ पुगेको छ ।
त्यसैगरी, आज थप १०५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । योसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ९८३ पुगेको छ । जिल्लामा अब ४०८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।
कोरोना संक्रमणबाट आज जिल्लाका ३ जनाले ज्यान गुमाएका छन । हालसम्म जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
९ जेष्ठ २०७८, आईतवार १५:५८ प्रकाशित