पछिल्लो २४ घण्टामा बाँकेका ९५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका बिभिन्न ३ वटा ल्यावमा गरीएको परिक्षणमा बाँकेका ९५ र अन्य जिल्लाका ३३६ गरी जम्मा ४ सय ३१ जनामा संक्रमण देखिएको हो ।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले सार्वजनिक गरेको विवरण अनुसार भेरी अस्पतालको ल्यावमा गरीएको परिक्षणमा जिल्लाभित्रका ७२ र जिल्ला बाहिरका २८८, नेपालगन्ज मेकिडल कलेज कोहलपुरको ल्यावमा गरीएको परिक्षणमा जिल्लाभित्रका १६ र जिल्ला बाहिरका १६ तथा वागेश्वरी पो्लिक्निकको ल्यावमा गरीएको परिक्षणमा जिल्लाभित्रका ७ र जिल्ला बाहिरका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै बाँकेमा कोरोना संक्रमितको सँख्या १६ हजार ३९५ पुगेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
त्यसैगरी पछिल्लो २४ घण्टाको अन्तरालमा बाँकेमा १४ जना संक्रमितले कोरोनाबाट ज्यान गुमाएका छन । जसमध्ये ४ जना जिल्लाभित्रका तथा अन्य जिल्लाका १० जना रहेको ओलीले बताए । ओलीका अनुसार कोरोना संक्रमणका कारण शनिबार दिउँसो ४ बजेसम्म बाँकेका २७३ जनाले ज्यान गुमाईसकेका छन भने बाँकेमै उपचाररत बाहिरी जिल्लाका २३२ जनाको समेत कोरोनाबाट मृत्यु भईसकेको छ ।
८ जेष्ठ २०७८, शनिबार १६:४० प्रकाशित