५ महिना कैद सजाय पाएका फरार अभियुक्त पक्राउ
  • काँचुली खबर

बाँके प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न भइ अदालतबाट ५ महिना कैद सजाय पाएर फरार रहेका एक प्रतिवादी पक्राउ गरेको जनाएको छ ।
बाँके जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २०७७ पुस १ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएका र हालसम्म फरार रहेका बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, एकलैनीका २७ बर्षिय सदाव हलुवालाई आज पक्राउ गरेको हो ।
फरार हलुवाईलाई प्रहरी कार्यालय बाँकेबाट खटिएको स्पेसल टास्क फोर्स टिमले आज पक्राउ गरी आवश्यक कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाएको जनाएको छ ।
बाँके प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक ओमबहादुर राना जिल्लामा हाजिर भएदेखि हालसम्म ५ सय ८० फरार अभियुक्तहरु पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

  • ८ जेष्ठ २०७८, शनिबार १०:०९ प्रकाशित
  • Nabintech